Comments Add Comment

उर्लाबारीको बरगाछी-स्कुलडाँडा सडकखण्ड कालोपत्रे


२ मंसिर, उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–७ स्थित बरगाछी-स्कुलडाँडा सडकखण्डमा कालोपत्रे गरिएको छ । उर्लाबारी नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा सो सडक कालोपत्र गरिएको हो ।

पहिलो चरणमा बरगाछीदेखि दर्शनचोकसम्म ५०० मिटर सडक कालोपत्र भएको हो । आव २०७३÷७४ मा उर्लाबारी नगरपालिकाले उपलब्ध गराएको रु ६९ लाख १६ हजार र स्थानीय उपभोक्ताको रु ४६ लाख १० हजार ६६६ गरी कूल रु एक करोड १५ लाख २६ हजार ६०० को लागतमा ड्रेनसहित सडक कालोपत्र गरिएको हो ।

गत असारमा आएको बाढीले सडकमा क्षति पुर्याएपछि सडक कालोपत्र सम्पन्न हुने गरी रकम विनियोजन गरिएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले जानकारी दिए।

यो सडक उर्लाबारीको सबैभन्दा फराकिलो सहायक सडक रहेको छ । यो सडक ६० फिट चौडाइ रहेको अनुगमन समितिका संयोजक भरत भट्टराईले बताए । बरगाछी बस बिसौनीलाई समेत लक्षित गरेर निर्माण भइरहेको यो सडक बरगाछीमा १६० फिट चौडाइ कायम गरिएको छ ।

दोस्रो चरणमा दर्शन चोकदेखि स्कुलडाँडा सडकखण्डसम्म कालोपत्र गरिने जनाएको छ । उक्त सडक निर्माणका लागि रु दुई करोड लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment