Comments Add Comment

प्रचण्डपरिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा केन्द्रित

नर्भिक अस्पताल पुगेका एमाले नेता झलनाथ खनाल ।

३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । उनी लाजिम्पाटस्थित निवासमा गएका थिए । निवासबाट उनी श्रीमती सीतासहित नर्भिक अस्पताल पुग्दैछन् ।

प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।

प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ ।

प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।

सिर्जना त्रिपाठी । तस्वीर: दिल निशानी मगरको फेसबुकबाट ।

प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । आइतबार काँकडभिट्टा र मोरङको कार्यक्रम सकेर ओली सोमबार काठमाडौं आउने उनका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर लागेका छन् ।

शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए ।

कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।

माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् ।

नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुगेका छन् ।

अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।

यो पनि पढ्नुहोस् 

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment