Comments Add Comment

‘सुपर गोर्खे’मा ऋचा र सुरजको रोमान्टिक अवतार


चलचित्र ‘नाई नभन्नु ल’ रिलिजको समयमा नायिका ऋचा सिंह ठकुरीको निकै चर्चा थियो । यो चलचित्रपछि उनले केही हिट चलचित्रमा काम गरिन् । तर, ऋचा विस्तारै चलचित्र यात्राबाट सुस्ताइन् । बिहे गरेपछि त झन्, चलचित्र क्षेत्रबाट टाढा जस्तै देखिएकी ऋचा आफैले निर्माण गरेको चलचित्र ‘सुपर गोर्खे’ लिएर दर्शकमाझ आएकी छिन् ।

यो चलचित्रमा समावेश ‘तिमी नै हौ’ बोलको गीतको भिडियो रिलिज भएको छ । तारा प्रकाश लिम्बुले संगीत भरेको यो गीतमा ज्ञानेन्द्र ताम्लिङको शब्द छ । चलचित्रमा तारा र गायिका रजिना रिमालको स्वर छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा ऋचा सिंहको साथमा सुरज सिंह ठकुरी, निराजन लुइटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय छ । राज थापाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा किरण माइकलको कथा, सौरभ लामाको छायांकन, चन्द्र पन्तको एक्सन छ । ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापाले मिलेर यो चलचित्र बनाएका हुन् । मंसिर २९ देखि यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment