Comments Add Comment

समानुपातिक बन्दसूचीमा रहेका २५६ जनाको नाम काटियो

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गनगरेका हुन् ।

आइतबार सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ २,२७३ उम्मेदवार कायम भएका छन् । यसैगरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३,५६५ उम्मेदवार कायम रहेका छन् ।

जस अनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम रहेका छन् ।

यसअघि दलहरुले गत असोज २९ गते पेश गरेका उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

अन्तिमरुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये २५६ जना उम्मेदवारको नाम हटेको छ ।

प्रारम्भिक सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनालाई आयोगले उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ । बाँकी तीन जनाले आफैं उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment