Comments Add Comment

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि दिगम्बर झा


४ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि दिगम्बर झा नियुक्त भएका छन् । अघिल्लो कार्यकाल पनि झाले नै प्राधिकरणमा बिताएका थिए ।

अब पुनः ५ वर्ष झाले प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् । मंसिर १८ गते कार्यकाल सकेर विदा बस्ने तयारी गरिरहेका झालाई फेरि नियुक्त दिने निर्णय गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले एक समिति बनाएर झाको कामको मूल्यांकन गरेको थियो । उनको कार्य मूल्यांकन गरेर पुनःनियुक्ती गर्ने वा नयाँ विज्ञापन गर्ने भन्नेबारे अध्ययन गर्ने गरी मन्त्रिपरिषद्ले नै एउटा कार्यदल बनाउने निर्णय गरेको थियो ।

कार्यदलले झाको काम सन्तोषजनक भएको प्रतिवेदन दिएपछि त्यसैका आधामा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई पुनः नियुक्ती दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment