Comments Add Comment

जाडोमा कसरी छालाको सौन्दर्य कायम राख्ने ? यस्तो छ काइदा

जाडो याममा छालाको विशेष ख्याल राख्नुपर्छ । किनभने यतिबेला बाह्य वातावरण सुख्खा हुन्छ । त्यसैको प्रभावले छाला रुखो हुन्छ, फुट्छ । छालाको चमक हराउँछ । जाडो मौसममा छालाको सौन्दर्य कायम राख्नु चुनौती पनि हो ।

यतिबेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभाव छालामा पर्छ । यसले छालाको मुलायमपन र चम्किलोपन नष्ट गर्छ ।  त्यसैले जाडो मौसममा छालालाई जोगाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

अनुहारका लागि

गर्मीको तुलनामा जाडोमा आफ्नो छालालाई मोइस्चराइज गर्नुपर्ने आवश्यकता बढि हुन्छ । त्यसैले अनुहारलाई बढिभन्दा बढि मोइस्चराज गर्नुपर्छ । जोडोयाममा पनि सनस्त्रिmन नलगाइकन घरबाट बाहिर निस्कनु हुन्न । अनुहारको माइस्चर कायम राख्नका लागि घ्यूकुमारी, नरिवल, बटर र हर्बलको तेल प्रयोग गर्न सकिन्छ ।

यसका साथै छालालाई मुलायम बनाइराख्नका लागि घरमै मोइस्चराइजिङ प्याक तयार गर्न सकिन्छ । दुई ठूला चम्चा दुधमा एक चम्चा बदामको पाउडर मिलाएर त्यसको पेस्ट बनाउन सकिन्छ । यो पेस्टलाई १० मिनेटसम्म अनुहारमा लगाएर राख्नुपर्छ । त्यस पश्चात आफ्नो अनुहारलाई सफा पानीले धुनुस । यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाउनुपर्छ ।

ओठको लागि

चिसो हावाको सबैभन्दा ठूलो असर नरम र मुलायम ओठमा पर्छ । खासगरी महिलाको ओंठमा । यसले ओेठ रुखो भएर फुट्न थाल्छ । यो चिसोमा पनि आफ्नो ओठको मुलायमपना कायम राख्न आफ्नो ओठमा पेट्रोलियम जेली र भिटामिन इ युक्त लिप बमको प्रयोग गर्नुपर्छ ।

ओंठको रुखोपन हटाउनका लागि राति सुत्नुभन्दा अगाडि घ्यू दल्ने गरौं । ओठ अल्ली बढि नै फुटेको छ भने केही दिन लिपिस्टिक लगाउनु हुन्न । साथै, जाडोमा लिपिस्टिक लगाउनुभन्दा अगाडि र लिपिस्टिक लगाइसकेपछि ओंठलाई मोइस्चराइज गर्न भुल्नु हुँदैन ।

हातको लागि

हातको छाला हाम्रो शरीरमा सबैभन्दा पातलो हुन्छ । त्यसैले हातको मुलायमपनालाई कायम राख्नका लागि भिटामिन ई युक्त क्रिमको प्रयोग गरौं । दिनमा दुई-चार पल्ट ह्यान्ड क्रिमको प्रयोग गर्नुस । चिसो धेरै भएको बेला पञ्जा लगाएर मात्रै बाहिर निस्कनु हुँदैन ।

गोडाको लागि

चिसोमा आफ्नो खुट्टालाई सुरक्षित राख्नका लागि पानीमा आधारित मोइस्चराइजरको साटो तेलमा आधारित मोइस्चराइजर लगाउनुपर्छ । यसले खुट्टाको छालामा एउटा मजबुत पत्र बनाउँछ, जुन कुनै पनि साधारण क्रिमको तुलनामा छालाको मुलायमपनार्लाइ कायम राख्न प्रभावकारी हुन्छ । खुट्टाको साथै पैतलाको पनि स्याहार आवश्यक छ । पैतलालाई मुलायम तथा सुन्दर बनाउनका लागि यस्तोउ लोसन लगाउनुस जसमा पेट्रोलियम जेली वा ग्लिसरीन होस ।

आँखाको लागि

चिसो मौसममा आँखामा फोहोर जम्छ र साथसाथै आँखाको आसपासको त्वचा खुम्चिएको देखिन्छ । यी यमस्याबाट छुट्कारा पाउनका लागि हरेक रात सुत्नुभन्दा अगाडि सफा पानीले आँखालाइ धुनुपर्छ र कटन बलले हल्का हातले पुछ्नुपर्छ ।

यसो गर्दा तपाईंको आँखामा फोहोर जम्दैन । आँखाको आसपासको त्वचामा कसिलोपनका लागि कटन बललाई शुद्ध बदामको तेलमा डुबाएर आँखाको ढकनीमा पाँचदेखि दस मिनेटसम्म राखौ । त्यसपछि एउटा अम्लाले हलुका मसाज गरौ । यसबाट चिसोमा तपाईंको आँखा झन् सुन्दर देखिनेछ ।

तातो पानीले ननुहाउने

चिसोबाट बच्नका लागि अक्सर हामी तातो पानीको सहारा लिने गर्छौं । तर, तातो पानीले नुहाउँदा त्वचाको कोमलता खोसिन्छ । त्यसैले सम्भव भएसम्म चिसो पानीले नत्र मनतातो पानीले नुहाउनुपर्छ । नुहाउने वित्तिकै शरीरमा नरिवलको तेल लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment