Comments Add Comment

आइसिसी महिला विश्वकप छनोटमा नेपालले हङकङसँग पनि अंक बाँड्यो

५ मंसिर, काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी टि-२० महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोटमा नेपालले हङकङसँग अंक बाँडेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले लगातार दोस्रो खेलमा अंक बाँडेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले थाइल्याण्डसँग एक एक अंक बाँडेको तियो ।

वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

यससँगै नेपाल दुई अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा छ भने पहिलो खेल जितेको हङकङ दुई खेलबाट ३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

विभिन्न ६ राष्ट्रले भाग लिएको उक्त छनोट खेलमा मलेसिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने युएई चौथो, थाइल्यान्ड पाँचाैं र चीन छैटाैं स्थानमा छ । नेपालले अब आफ्नो तेस्रो खेल विहीबार युएईसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment