+
+
Shares

वीरगञ्जमा दाइको कुटाइबाट भाइको मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर ६ गते १७:४३

६ मंसिर, वीरगञ्ज । वीरगञ्जमा दाईको कुटाइबाट भाइको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका छपकैया–२ निवासी ३५ वर्षीय मकबुल मियाँको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार दिउँसो दाजु–भाईबीच झगडा हुँदा दाजु ४० बर्षिय अरसुल मियाँले ईट्टाले हान्दा भाइ मकबुलको टाउकोमा चोट लागेको थियो ।

मकबुलको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि वीरगञ्ज हेल्थ केयर लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मकबुलको उपचारको क्रममा बुधबार बिहान साढे २ बजे नै मृत्यु भएको अस्पतालले जनाएको छ । स्थानीयका अनुसार भाइ मकबुलको मानसिक सन्तुलन कमजोर थियो ।

पर्सा प्रहरीले अनुसन्धानका लागि अरसुललाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?