Comments Add Comment

समिक्षक समाजको अवार्डमा रीश्मा, प्रियंका र केकी उत्कृष्ट


चलचित्र समिक्षक समाजले तीन वर्षको ‘क्रिटिक्स अवार्ड’ एकैचोटी प्रदान गरेको छ । वुधबार काठमाण्डौमा आयोजित एक समारोहमा ०७१/०७२ र ०७३ सालको अवार्ड वितरण गरिएको छ ।

सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, र छायाङ्कन विधामा अवार्ड वितरण गरियो । नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी र रिश्मा गुरुङ अवार्ड ग्रहण गर्न उपस्थित थिए । २०७३ मा ‘लभ सासा’बाट केकी अधिकारी, २०७२ मा ‘कबड्डी कबड्डी’बाट रीश्मा गुरुङ र २०७१ मा ‘सुन्तली’बाट  प्रियंका कार्कीले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएका थिए ।

त्यस्तै सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘कालोपोथी, पशुपति प्रसाद र कबड्डी-कबड्डी’ले पाए । सर्वोत्कृष्ट निर्देशकको उपाधि भने ‘सेतो सूर्य’बाट दीपक रौनियार, ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनाल र ‘टलकजंग भर्सेज टुल्के’बाट निश्चल बस्नेतले पाए ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले ‘जात्रा’बाट पाए भने माओत्से गुरुङले ‘पुरानो डुंगा’बाट पाए । ‘फन्को’बाट सौगात मल्ल र ‘कबड्डी-कबड्डी’बाट दयाहाङ राईले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । कार्यक्रममा निर्देशक यादब खरेल, चलचित्र विकास बोर्डका बोर्ड सदस्य उत्तम केसी, नायिका भूवन चन्दले अवार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment