Comments Add Comment

वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्छः बादल

७ मंसिर, दैलेख । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गरेका छन् ।

एमाले र माओवादीको आयोजनामा दैलेखमा भएको आमसभालाई सम्बोधन गर्दै नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने बताए ।

”छोटो समयमा संसारको विकसित मूलुक बनाउने गरी वामपन्थी शक्ति निर्माण गर्दैछौ,’ बादलले भने,’अहिले २०७४ साल भयो, ३००० साल -२६ वर्ष)सम्म नेपाललाई संसारको विकसित मुलुक बनाउँछौं ।”

पुजिवादी व्यवस्थाले नेपालको विकास हुन नसक्ने भन्दै उनले समाजवादी व्यवस्थाका लागि वाम एकता गर्न लागिएको उनले बताए ।

समाजवादले मात्रै असमानताको अन्त्य गर्ने भन्दै नेता बादलले समाजवादी गणतन्त्रकै आडमा देशको तीव्र विकास हुने बताए ।

साथै नेपालमा कम्युनिस्टको बहुमत हुँदा पनि देशको नेतृत्व गर्न नसकेको भन्दै अब देशको नेतृत्व गरी विकसित मुलुक बनाउन एक हुने बताए ।

प्रचण्डको सन्देश सुनाउदै बादलले भने,’समाजवादी व्यवस्थाका लागि मैले प्रचण्डको विजय र एकताको संदेश लिएर आएको छ, अब कसैले जित रोक्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment