
बिहीबार दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।
वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको बताए । ‘वामपन्थीहरुको सरकार बन्यो बन्यो, यसलाई कसैले रोक्न सक्दैन,’ अध्यक्ष ओलीलेे भने, अब छ/छ महिने सरकारका दिन गए ।”
अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडी नै गर्ने योजना भएपनि समय अभावका कारण चुनावपछि वहुमतको सरकार निर्माणसँगै हुने बताए ।
यस्तै दैलेख सदरमुकामको कार्यक्रममा बोल्दै माओवादी नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता कायम रहेको बताउँदै चुनावपछि वन्ने स्थिर सरकारवाट नै अव देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महशुश गर्ने वताए ।
प्रतिक्रिया 4