+
+
Shares

महिलालाई दुर्व्यबहार गर्ने मतदान अधिकृत पक्राउ

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ मंसिर ८ गते १९:३४

८ मंसिर, दार्चुला । महलिामाथि दुर्व्यबहार गरेको आरोपमा निर्वाचन केन्द्रमा खटिएका दार्चुलाका एक मतदान सहायक अधिकृत पक्राउ परेका छन् ।

व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका विष्टले राती वास बसेको ठाउँमा महिलामाथि दुर्व्यबहार गरेको भन्दै स्थानीयवासीले उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर लालबहादुर साउदले बताए ।

पीडित पक्ष नआएकाले दिएको निवेदनमा आधारमा सहायक मतदान अधिकृत विष्टलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्ररही निरीक्षक साउदले बताए ।

निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा कर्मचारी व्यवस्थान गरीसकेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?