Comments Add Comment

हिन्दू उग्रवादीको निशानामा पद्मावती, यस्तो छ विवादको नालिबेली 

सञ्जय लिला भन्साली निर्देशित फिल्म पद्मावतीमाथि उत्पन्न विवाद गहिरिँदै गएको छ । यसबीचमा फिल्मका निर्देशक सञ्जय लिला भन्सालीको टाउको काट्नेदेखि अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मका धम्की आएका छन् ।

यसअघि यो फिल्म १ डिसेम्बरमा रिलिज गर्ने भनिएको थियो । तर, विवादकै कारण रिलिज अनिश्चित बनेको छ । विभिन्न स्थानमा हिन्दू उग्रवादी समुहबाट फिल्मको विरोध गर्ने क्रम बढिरहेको छ ।

किन भयो विरोध ?

राजस्थानमा करणी सेना, भारतीय जनता पार्टीका नेता र हिन्दूवादी संगठनहरुले पद्मावतीले इतिहास बंग्याएको आरोप लगाएका छन् । राजपुत करणी सेनाको धारणा छ कि यस फिल्ममा पद्मिनी र मुसलमान राजा खिलजीबीच अन्तरंग दृष्य खिचिएकाले उनीहरुको भावनामा ठेस पुगेको छ । त्यसैले रिलिज हुनुभन्दा अगाडि यो फिल्म पार्टीका राजपूत नेताहरुलाई देखाउनपर्ने उनीहरुको माग छ ।

राजस्थानको राजघराना पनि फिल्मको विरोधमा छ । उसले फिल्मको एउटा गीतमा नृत्य गर्दा दीपिकाले लगाएको पहिरनमा प्रश्न उठाएको छ ।

कसरी भइरहेको छ विरोध

भन्सालीलाई हानियो थप्पडः जनवरीमा जयपुरमा सुटिङका क्रममा संजय लीला भन्सालीलाई केही व्यक्तिहरुले थप्पड हाने । उनको कपाल लुछियो । सुटिङ भएको स्थानमा व्यापक तोडफोड गरिएको थियो । यो सबै हंगामा करणी सेनाले गरेको थियो ।

रगतले सुरु गरियो हस्ताक्षर अभियानः जयपुरमा सर्व ब्राम्हण महासभाले फिल्मकेा विरोधमा रगतले गरिएको हस्ताक्षर अभियान सुरु गर्‍यो ।

गधामा निकालियो जुलुसः दौसामा गधामाथि सञ्जय लीला भन्साली र दीपिका पादुकोणको पोस्टर निकालेर पद्मावती फिल्मको विरोध गरियो ।

दीपिकाको रंगोली बिगारियोः १५ अक्टोबरमा सूरतको उमरा क्षेत्रमा स्थानीय कलाकार करणले राहुल राज मलमा यस फिल्ममाथि ४८ घन्टा लगाएर एउटा रंगोली बनाएका थिए । करणका अनुसार श्रीरामको नारा लगाउँदै आएका करिब १ सय जनाको समुहले उक्त रंगोली मेटाइदियो ।

दीपिकाको नाक काट्ने धम्कीः करणी सेनाका महिपाल मकरानाले दीपिकाको नाक काटिदिने घुमाउरो धम्की दिए । उनले भनेका थिए, ‘राजपूत कहिल्यै महिलामाथि हात उठाउँदैनन्, तर आवश्यकता पर्‍यो भने हामी दीपिका पादुकोणको त्यही हालत बनाउँछौं, जुन लक्ष्मणले सूपर्णखाको बनाएका थिए ।’

भन्सालीको टाउकोको मूल्य ५० लाखः संभलमा केही प्रदर्शनकारीहरुले एउटा पोष्टर देखाएका थिए । उक्त पोष्टरमा लेखिएको थियो कि भन्सालीको टाउको काट्नेलाई ५० लाख इनाम दिइनेछ ।

कसले के भने ?

दीपिका पादुकोणः यस फिल्मलाई रिलिज हुनबाट कसैले रोक्न सक्दैन । हामी केवल सेन्सर बोर्डका लागि जवाफदेही छौं । मलाई विश्वास छ कि यसले एउटा ठूलो लडाई जित्नेछ ।

सञ्जय लिला भन्सालीः यस फिल्ममा त्यस्तो केही पनि छैन जसलाई लिएर विरोध भइरहेको छ ।

गृहमन्त्री राजनाथ सिंहः यदि मानिसहरुको भावनामा ठेस पुग्यो भने विरोध त हुन्छ नै । यस मुद्दामा बीजेपीले कुनै राजनीति गरिरहेको छैन । केही मानिसहरु आफ्नो तर्कका साथ विरोध गरिरहेका छन् ।

करणी सेनाका प्रमुखः म सबैलाई विश्वास दिलाउँछु, फिल्म रिलिज हुन दिने छैनौं । विरोधको ज्वाला बल्ने छ र त्यसले धेरै कुराहरुलाई भष्म बनाउनेछ । फिल्मको देशभर विरोध गर्नेछौं ।

शाहरुख र आमिरको समर्थन दीपिकालाई

पद्मावतीको विवादमा थुप्रै बलिउड सेलिबि्रटीहरुले निर्देशक भन्साली र अभिनेत्री दीपिकाप्रति सहानुभूति र समर्थन जनाएका छन् । सुपरस्टार शाहरुख खान र आमिर खानले दीपिकालाई फोन गरेर ढाढस दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दीपिकाको नाक काट्ने धम्की बाहिर आएपछि आमिरले उनलाई फोन गरेका थिए । उनीहरुबीच लामो कुराकानी भएको थियो । यसैगरी शाहरुखले पनि दीपिकालाई फोन गरेका थिए ।

दीपिकाको समर्थनमा उभिने अन्य बलिउड सेलिबि्रटीहरुमा टि्ंकल खन्ना, सावना आजमी, अनुराग बशु, सलमान खान लगायत छन् ।

२८ तारिखमा सुनवाई

पद्मावती १ डिसेम्बरमा विदेशमा रिलिज हुन लागेको विषयमा भारतको सर्वोच्च अदालतमा परेको रिटमाथि २८ नोभेम्बरमा सुनावाई हुनेछ । यसैबीच बि्रटिश बोर्ड अफ फिल्म क्लासिफिकेसनले फिल्मलाई १२ ए सर्टिफिकेट दिँदै बेलायतमा प्रदर्शनको अनुमति दिएको छ । बोर्डले फिल्ममा कतै पनि कैंची लगाएको छैन । तर फिल्मको वितरकले भारतमा भन्दा अगाडि अन्यत्र रिलिज नगर्ने बताइसकेको छ ।

भारतमा १ डिसेम्बरमा नै फिल्म रिलिज गर्ने भनिएको थियो । तर राजपुत समुदायको विरोधका कारण सो मितिमा रिलिज नहुने भएको छ । सम्भावित रिलिज डेट १२ जनवरी हुन सक्ने बताइएको छ, तर यसको कुनै औपचारिक पुष्टि छैन ।

मध्यप्रदेश र गुजरातमा प्रतिवन्ध

मध्य प्रदेश र गुजरातका सरकारले पद्मावती रिलिजमा प्रतिवन्ध लगाएका छन् । एउटा विज्ञप्तिमा गुजरातका मुख्यमन्त्री विजय रुपाणीले भनेका छन्, ‘मैले धेरै मानिसहरु भेटेको छु, जसमा यो फिल्मप्रति आक्रोश छ र उनीहरु यसको विरोध गरिरहेका छन् । फिल्मले उनीहरुको भावनामा ठेस पुर्‍याएको छ र हामी उनीहरुको दृष्टिकोणको सम्मान गर्छौं ।

दीपिकाको हट फोटोसुट

पद्मावतीबाट विवादमा परेकी अभिनेत्री दीपिका पादुकोणले यही बीचमा एउटा बोल्ड फोटोसुट गराएकी छिन् । स्विमसुट र स्टाइलिस लुगाहरुमा उनी निकै हट देखिएकी छिन् । दीपिकाले फिल्मफेयर म्यागजीनको कभरका लागि श्रीलंकामा नयाँ फोटोसुट गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment