+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ९ गते १९:०४

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् ।

नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले भने, डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था ?’

नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेका उनको आरोप छ ।

देउवाले कांग्रेसको जित सुनिश्चित भइसकेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?