+
+
Shares

अमेरिकाबाट आस्था राउत भन्छिन्– छोरीको ‘बडी पार्टस्’ को गीत गाउँदिनँ (भिडियो वार्ता)

‘बिहे गर्ने पुरुषमा ७ वटा गुण हुनुपर्छ’

अनुज थापा अनुज थापा
२०७४ मंसिर ११ गते १०:३१


११ मंसिर, न्युयोर्क । पछिल्लो समय विदेशमा निकै नै माग भएकी गायिका हुन् आस्था राउत । आस्था अहिले अमेरिकाका विभिन्न स्थानमा कन्सर्ट गरिरहेकी छिन् ।

भर्खरै न्युयोर्क शहरमा ‘विमन इन कन्सर्ट’ मा प्रस्तुती दिएकी आस्थाले विदेश भ्रमण कलाकारहरुका लागि गतिलो आम्दानीको श्रोत भएको बताइन् । तर, केही कलाकारहरुले विदेश जान मरिहत्ते गर्ने र निकै नै सस्तो पारिश्रमिकमा पनि गाइदिने कारणले राम्रा कलाकारहरु मारमा पर्न सक्ने उनले औंल्याइन् ।

‘कतिजना त शोको लागि बोलाइदिनुस्, प्लेन खर्च आफैं व्यहोर्छु भन्नेहरु पनि छन् , यस्ता गतिविधि नगरेकै राम्रो ,’ उनले भनिन् ।

अमेरिकामा अधिकांश नेपाली आयोजकहरु राम्रै हुने बताएकी आस्थाले सबैभन्दा बढी व्यवस्थित भुटानी नेपालीहरुको कार्यक्रममा हुने आफ्नो अनुभव सुनाइन् । उनले भनिन्– ‘विदेशमा पनि नेपालीहरुबीच एकता नभएको देख्दा कता कता दुःख चाहिँ लाग्छ ।’

पारिश्रमिकको कुरा गर्दा कति आयोजकले ‘अरु कलाकारले यति लिन्छ’ भनेको सुन्दा रीस उठ्ने आस्था बताउँछिन् । ‘म उहाँहरुलाई सबैलाई एउटै तराजुमा जोख्न मिल्दैन भन्ने गर्छु । ’

आस्थाका गीतहरु अमेरिकाको प्रायः नेपाली जमघटमा सबैभन्दा बढी घन्कने गर्छन् । चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, खै त मलाई झुम्के बुलाकी, मलाई मजस्तै माया चाहिन्छ, तीन मोहरको धागो, माया यो माया, नाच ठूली नाच, फाट्यो नि माइतीको चिनो, आदि गीतहरुमा प्रायः अमेरिकामा रहेका नेपाली बालबालिका र युवाहरुले आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् ।

‘छोरीको बडी पार्टस्को कुरा गर्ने जस्ता गीतहरु म कहिले गाउँदिनँ,’ उनले भनिन्, ‘म गीतको शब्दमा निकै नै ध्यान दिन्छु र मेरो मामुले यसमा मलाई निकै मद्दत गर्नुहन्छ । ’

पछिल्लो समय भाइरल भएका गीतहरु शब्दकै कारण आफूले नगाएको स्वीकार्दै उनले भनिन्, ‘मलाई ती गीत नगाएकोमा पश्चाताप छैन, किनभने ती गीतहरु मेरा लागि बनेका हैनन् ।’

आस्थाले गाउने गीतहरु उछृंखल नहुने कारणले गर्दा अमेरिकामा बस्ने धेरै नेपालीहरु आस्थाको प्रस्तुति हेर्न रुचाउने गर्छन् ।

आफ्नो दोस्रो एल्बम ‘आधार टु’ छिट्टै बजारमा आउने बताउँदै आस्थाले भनिन् , ‘मलाई स्टेज तताउन निकै नै रमाइलो लाग्छ ।’

आस्थासँग न्युयोर्कमा गरिएको भिडियो अन्तर्वार्ता यहाँ हेर्न सक्नुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?