Comments Add Comment

‘पद्यमावती’ विवादका कारण ‘बम्बै’ नाम राख्न डराए अनुभव


चलचित्र ‘पद्यमावती’को विषयमा विवाद भएपछि निर्देशक अनुभव सिन्हा आफ्नो चलचित्रको नाम के राख्ने भन्नेमा चिन्तित छन् । अहिले एउटा नयाँ चलचित्रको कथा लेखिरहेका सिन्हाले चलचित्रको नाम ‘बम्बै’ राख्ने योजना बनाएका थिए । उनलाई चिन्ता छ चलचित्रको नाम ‘बम्बै’ राख्दा ‘अनावश्यक विवाद आइपर्ने त हैन ?’

चलचित्र रिलिज नहुँदै निर्देशक सञ्जयलीला भन्सालीले माफी मागेको देखेका सिन्हा चलचित्रको नाम राख्दा निकै सोच विचार गर्नुपर्ने वाध्यता रहेको बताउँछन् ।
साहरुख खान अभिनित ‘रा वन’ र माधुरी दीक्षित अभिनित ‘गुलाब ग्याङग’ जस्तो चलचित्र बनाएका निर्देशक सिन्हा पछिल्लो विरोधका श्रृङ्खलाले निर्मातालाई आर्थिक नोक्सानी पर्ने धारणा राख्छन् ।

चलचित्रको कथा नपढी र चलचित्र नै नहेरी आलोचना गर्नुको अर्थ छैन भन्दै निर्देशक सिन्हाले भन्साली जिम्मेवार निर्देशक भएको टिप्पणी गरे । ‘सञ्जयलीला भन्साली जिम्मेवार निर्देशक हुन्, उनी नबुझी चलचित्र बनाउँदैनन् । त्यसकारण चलचित्र नै नहेरी आलोचना गर्न सुहाउदैन ।’ सिन्हाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment