Comments Add Comment

बच्चाका लागि के हो सन्तुलित आहार ?

–     पाँच बर्षभन्दा माथिको बच्चालाई पूर्ण क्यालोरी आवश्यक हुन्छ ।

–     बच्चालाई कुनैपनि खानेकुरा जबरजस्ती ख्वाउने होइन, फकाइफुलाई ख्वाउनुपर्छ ।

–     बच्चाको शारीरिक विकासका लागि भिटामिन र मिनरल्सले भरपुर खानेकुरा चाहिन्छ ।

–     बच्चालाई पौष्टिक खानेकुरा खान अभ्यस्त गराऔं । जंकफूड खान सकेसम्म दिनु हुँदैन ।

–     बच्चालाई दिनभरमा धेरै पटक खानेकुरा दिनुपर्छ, थोरै थोरै ।

–     खाना र पानीको सन्तुलन मिलाउनुपर्छ ।

धेरै अभिभावकको गुनासो हुन्छ, बच्चाले सागपात खाएनन् । बच्चाले घरको खाना खाएनन् । जंकफूड बढी खान्छ । चकलेट, बिस्कुटमा बढी लोभिन्छ ।

यसमा बच्चाको दोष छैन । बरु, अभिभावकको कमजोरी देखिन्छ । बच्चाका लागि हरेक खानेकुरा नयाँ हुन्छ । उनीहरु कुनैपनि स्वादमा अभ्यस्त हुँदैनन् । यस्तो अवस्थामा उनीहरुलाई कुनैपनि खानेकुराको चाडै बानी लगाउन सकिदैन । त्यसबा लागि धैर्यता आवश्यक हुन्छ ।

बच्चालाई सागपात, सलाद खान सिकाउनुपर्छ । यद्यपी जबरजस्ती होइन । बिस्तारै बानी पार्नुपर्छ । घरको पोषिलो र स्वस्थ्य खानामै उनीहरुलाई अभ्यस्त गराउनुपर्छ ।

तर, खाजा बनाउनुको अल्छीले वा बच्चालाई खुसी बनाउनका लागि हामी बजारमा पाइने खानेकुरा दिन्छौ । चाउचाउ, कुरकुरे, लेज, चिजबल दिन्छौ । चकलेट, बिस्कुट दिन्छौ । बिस्तारै उनीहरु यस्ता खानेकुरामा लोभिन्छन् र घरको खानेकुरामा उनीहरुको स्वाद भिज्दैन ।

किन बच्चाले जंकफूड खोज्छ ?

खासमा बच्चाले खानेकुरा भरपेट खाएको छ भने उनीहरुलाई अन्य खानेकुराको तलतल लाग्दैन । अघाएपछि बच्चाहरु खेल्न थाल्छन् । उनीहरु रमाइलो गर्न थाल्छन् ।

तर, जब बच्चा भोकाउँछ, उनीहरुको मनमा विभिन्न खानेकुराको याद आउन थाल्छ । यस्तो अवस्थामा उनीहरुले मिठो खानेकुराको कल्पना गर्छन् । जस्तो कि, चिजबल, लेज, चाउचाउ आदि ।

भोक महसुष भएसँगै खानेकुराको तलतल लाग्छ । त्यसैले उनीहरु यस्ता खानेकुरा खान इच्छा गर्छन् । यदि उनीहरुलाई भोक नलाग्ने हो भने, जंकफूडमा ध्यान नै जाँदैन ।

अब के गर्ने त ?

बच्चालाई अस्वस्थ्यकर खानेकुरा एवं जंकफूडको लतबाट छुटकारा दिलाउन वा त्यस्तो खानामा बानी नपार्नका  लागि एउटा काइदा अपनाउन सकिन्छ ।

यसका लागि सबैभन्दा राम्रो उपाय हो, बच्चाको खानपान तालिका बनाउने । दिनभरका लागि पाँच वा छ पटक बच्चालाई खाना ख्वाउने तालिका निर्धारण गर्नुपर्छ । ठिक ठिक समयमा खानेकुरा दिनुपर्छ । कुन समयमा के ख्वाउने भन्ने तय गर्नुपर्छ । त्यही अनुसार उनीहरुलाई खानपान मिलाइदिनुपर्छ ।

यसले गर्दा बच्चाहरुले भोक अनुभव गर्न पाउँदैनन् । उनीहरुलाई भोक महसुष नभएपछि मन अन्तैतिर केन्दि्रत हुन्छ । अर्थात खानेकुराको तलतल लाग्दैन ।

कसरी मिलाउने बच्चाका लागि खानपान ?

क्यालोरी

पाँच बर्षभन्दा माथिको बच्चाका लागि पूर्ण क्यालोरी आवश्यक हुन्छ, जसले गर्दा बच्चा अधिक सक्रिय रहन्छ । हाइ क्यालोरीको अर्थ तेलयुक्त भोजन होइन, बरु दुध र अनाजयुक्त खानेकुरा चाहिन्छ ।

प्रोटिन

बढ्दो बच्चाका लागि प्रोटिन एकदमै आवश्यक हुन्छ । बच्चाको मांसपेशीको समुचित विकासका लागि र हड्डी बलियो बनाउनका लागि प्रोटिन आवश्यक हुन्छ । यसका लागि बच्चालाई पनिरयुक्त खानेकुरा, अन्डा, मासु, माछा आदि दिनुपर्छ ।

भिटामिन एन्ड मिनरल्स – बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र मिनरल भरपुर मात्रामा आवश्यक हुन्छ । बच्चालाई यस्तो पौष्टिक पदार्थ दिनुपर्छ, जसमा क्याल्शियम भरपुर मात्रामा होस् । भिटामिन र आइरनका लागि बच्चालाई धेरै भन्दा धेरै हरियो पत्तेदार सब्जी दिनुपर्छ ।

पानी र फाइबर – बच्चाका स्वास्थ्यका लागि पानीको अधिक महत्व छ । बच्चालाई धेरै भन्दा धेरै पानी पिउन दिनुपर्छ । झोलयुक्त पदार्थ दिनुपर्छ । यसका साथै फाइबरयुक्त खानेकुरा दिनुपर्छ ।

बच्चालाई सन्तुलित आहार दिने टिप्स

–     बच्चालाई सन्तुलित आहारमा अभ्यस्त गराउनका लागि आवश्यक छ कि, प्रतिदिन बच्चाको मनपर्ने पाँच अलग-अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।

–     बच्चालाई जबरजस्ती खानेकुरा दिने होइन, बरु प्रेमपूर्वक सम्झाएर ख्वाउने गरौं ।

–     बच्चाहरु हेर्दा आकर्षक खाना रुचाउँछन् । त्यसैले उनीहरुलाई सर्भ गर्ने खाना कलात्मक रुपमा सजाउनु राम्रो हो ।

–     बच्चालाई खेल्नका लागि छुट दिनुपर्छ । उफ्रिने, दौडने, खेल्ने क्रियाले उनीहरुलाई भोक लाग्छ ।

–     बच्चालाई खाना पकाउने काममा सामेल गरौं । उनीहरुले आफ्नै हातले पकाएको खानेकुरा खान रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment