डिसेम्बर १ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘पद्यमावती’को प्रदर्शन मिति अनिश्चित बनेपछि केहि चलचित्रले सो मितिमा आफ्नो चलचित्रको डेट सारेका छन् । सोहीकारणले केहि चलचित्रको भिडन्त डिसेम्बर १ तारिखमा हुने भएको छ ।
यो मितिमा कमेडिन कपिल शर्मा र बलिउड नायिका सन्नी लियोनीबिच वलिउड बक्स अफिसमा भिडन्त हुने भएको छ । सन्नी लियोनी अभिनित ‘तेरा इन्तजार’ र कपिल शर्माको ‘फिरंगी’ एउटै मितिमा प्रदर्शन हुने भएपछि उनीहरु विच भिडन्त हुने भएको हो ।
‘तेरा इन्तजार’मा सन्नीले अरबाज खानसँग अनस्त्रिmन रोमान्स गरेकी छिन् । सन्नी लियोनीले हरेक हप्ता केहि चलचित्र रिलिज हुने गरेको भन्दै एउटै मितिमा रिलिज हुँदैमा भिड्छ भन्न नमिल्ने धारणा राखिन् । उनले कपिल शर्मालाई शुभकामना समेत दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4