Comments Add Comment

यसरी थाहा पाउन सकिन्छ क्यान्सरको सुरुवाती लक्षण

सुरुवाती चरणमा थाहा पाए उपचार संभव

क्यान्सर, जसको नामबाटै हामी भयभित हुन्छौं । यो यस्तो रोग हो, जसको उपचार महंगो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि हुन्छ । असंभव कुन अवस्थामा त ?

यसको विभिन्न चरण हुन्छ । जब अन्तिम चरणमा पुग्छ, रोग निदान असंभव हुन्छ । तमाम उपचार गर्दा पनि रोगीको जीवन रक्षा गर्न चिकित्सा विज्ञान असफल हुन्छ । त्यही कारण क्यान्सरदेखि सबै डराउँछन् ।

यद्यपी सुरुवाती चरणमा थाहा भयो भने क्यान्सर निको हुन्छ । यसको उपचार हुन्छ । रोगी उपचारपछि सामान्य जीवनमा र्फकन सक्छन् । यसका उदाहरण हामी हाम्रै समाजमा पनि देख्न सक्छौं । यद्यपी हामी कतिपय क्यान्सरको लक्षणलाई नजरअन्दाज गर्छौर् । जब समस्याले जटिल रुप लिन्छ, तबमात्र अस्पताल धाउने गर्छौं । जबकी त्यसबेलासम्म उपचार खर्चिलो र झन्झटिलो भइसकेको हुन्छ ।

अतः क्यान्सर भए/नभएको कुरा हामी आफै पनि परीक्षण गर्न सक्छौं । क्यान्सरको सुरुवाती लक्षण भ्रमक हुनसक्छ । त्यसैले यसको सही समयमा सही पहिचान गर्नुपर्छ ।

स्तनमा परिवर्तन

छातीको क्यान्सर महिलाको लागि सबैभन्दा बढी हुने र सताउनेमा पर्छ । विश्वमा धेरै महिला छातीको क्यान्सरले मर्छन् । यद्यपी यसले पुरुषलाई पनि सताउन सक्छ ।

यदि स्तनमा केही परिवर्तन देखियो भने त्यसमा शंका गर्नुपर्छ । स्तनमा गाँठो आयो, निप्पलको रंग बदलियो, निप्पल चिलाउन थाल्यो भने परीक्षण गराउनु पर्छ । यद्यपी सबै अवस्थामा क्यान्सर नै हुन्छ भन्ने छैन । हर्मोनल परिवर्तनले पनि यस्तो समस्या ल्याउन सक्छ ।

दिसा पिसाबमा रगत

यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसलाई सामान्य नठानौं । यो क्यान्सरको लक्षण पनि हुनसक्छ । खासगरी मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

अचानक तौल घट्नु

कहिले कहिं तौल घटबढ हुन्छ । खानपान, शारीरिक क्रिया आदिले गर्दा तौल घट्ने र बढ्ने हुनु स्वभाविक हो । तर, निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।

ज्वरो

लामो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । हुन त सामान्य अवस्थामा पनि कहिले काहिं ज्वरो आउँछ । कुनै शारीरिक समस्यामा ज्वरो आउँछ । केही दिनसम्म ज्वरो निको हुँदैन पनि । तर, त्यो क्रम निरन्तर लम्बियो भने चिन्ताको विषय हो । किनभने यसले रक्त क्यान्सरको संकेत गर्छ ।

थकान

सामान्यत कामको चाप हुँदा हामी थाक्छौ । शारीरिक क्रिया बढी गर्नुपर्दा थकान अनुभव हुन्छ । तर कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

रक्तश्राव

मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

पिसाबमा समस्या

उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक-पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment