Comments Add Comment

किन छटपटी भयो सन्तोषलाई ?

भनिन्छ, अब्बल सम्पादक, कुशल निर्देशक पनि बन्न सक्छ । निशान घिमिरेले यसको छनक दिएका छन् । निशान चल्तापूर्जा भिडियो सम्पदक हुन् । अहिले उनी निर्देशकको रुपमा पर्दापण भएका छन् । गीतको बोल हो, छटपटी भो मलाई ।

निशानले यसअघि पनि म्युजिक भिडियो निर्देशन नगरेका होइनन् । उनले ढले म ढले, तिमी फूल्यौ कतै म फूले कतै, बदनाम भए म, पल पल रोए जिन्दगीमा, बल गरेर त्यो मन जस्ता चर्तित गीतमा उनकै शिल्पी देख्न सकिन्छ ।

भिडियोको शीर्ष भुमिकामा राज न्यौपाने छन् भने उनलाई साथ दिएका छन् रोशनी कार्की, संजित प्रताप मल्ल ताथा बालकलाकार संयोग कालिकोटेले ।

पछिल्लो समय भने उनी ‘छटपटी’मार्फत निर्देशकको रुपमा आएका छन् । गीतमा डम्बर हिङमाङको शब्द/संगीत छ भने सन्तोष कालिकोटेको स्वर छ । उत्सव दाहालको सिनेम्याटोग्राफी रहेको छ भने बिकास दाहालले सम्पादन गरेका छन् । गीतको बोल जस्तै म्यूजिक एरेञ्जमेन्ट गर्न सफल देखिएका छन् एरेञ्जर गोपाल रसाइली ।

भिडियो लाई गीतले मागेअनुसारको लोकेसनमा सुट गरिएको छ । भिडियो दुई दिन लगाएर सुट गरिएको छ ।

उनको भिडियो प्राविधिक रुपले पूर्ण छ । यसमा क्यारेक्टर, गेस्चर, इमोसन र लाइटिङको गजब कम्बिनेशन छ । सामान्यतः भिडियोमा साधारण मेकअप गरिन्छ यसमा अलि फरक छ मेकअप पनि क्यारेक्टरलाई म्याच गरेर फेसमा दुईवटा एक्सप्रेसन देखाउने प्रयास गरिएको निर्देशक घिमिरले बताएका छन् । यसमा मेकअप म्यान अम्बु रुचालले पनि उतिकै मेहनत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment