विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् ।
परम्परागत पोशाकमा सहभागी २० वर्षीय सुन्दरी मानुषीले प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडी ट्वीट गर्दै भनेकी थिइन् ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कुराले उत्साहित छु । यो मेरा लागि प्रेरणाको स्रोत हो, जसलाइ मैले आजसम्म भेटेको छैन ।’
मानुषी विश्व सुन्दरीको ताज पहिरिने छैठौ भारतीय सुन्दरी हुन् । उनले १६ वर्षपछि भारतलाई ताज दिलाउन सफल भएकी थिइन् । सन २००० मा पि्रयंका चोपडाले ताज हात पारेकी थिइन् ।
सोही भेटघाटको अवसरमा उनलाई सोधिएको थियो तपाइको जितले आम भारतिय युवतिलाई कसरी नयाँ जीवन दिन्छ ? जवाफमा उनले भनिन् ‘कुनै पनि समुदायका मान्छेले जव राम्रो काम गर्छन् युवतिको जीवनस्तर त्यसपछि फेरिन्छ ।’
प्रतिक्रिया 4