+
+
Shares

धान उत्पादनमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १६ गते १७:४८

 

१६ मंसिर, पाल्पा । पाल्पामा धान उत्पादनमा वृद्धि भएको छ । उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्दा धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षभन्दा यस वर्ष दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३५ हजार ८८ मेट्रिक टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पाल्पाका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ । माडी, रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सत्यवती, गल्धा, पूर्वखोला, रिङ्नेरहजस्ता क्षेत्रमा धानबालीको खेती गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?