१७ मंसिर, काठमाडौं । काठमाडौंमा क्षेत्र नं. १० मा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।
क्षेत्र नं. १० मा वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार माओवादी केन्द्रका हितमान शाक्यलाई आफूले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश कुँवरले जानकारी दिए ।
यस्तै प्रदेशसभातर्फ ‘क’ मा वाम गठबन्धनका दिलिप महर्जन र ‘ख’ मा रमा आलेलाई समर्थन गरिएको समानुपातिक उम्मेदवार रोशन दानीले जानकारी दिए ।
जनमोर्चाका तर्फबाट प्रदेश ‘क’ मा केदार दुलाल र ‘ख’ मा मनहरी बलामी उम्मेदवार थिए ।
जनमोर्चाले प्रत्यक्षतर्फ वाम गठबन्धनलार्इ समर्थन गरेपनि समानुपातिकका लागि भने गिलासमा भोट अपील गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4