+
+
Shares

चुनाव जितेरै ५० वर्ष शासन चलाउँछौंः राम कार्की

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १६:५९

१७ मंसिर, झापा । माओवादी केन्द्रका नेता एवम् पूर्वसञ्चारमन्त्री राम कार्कीले कम्युनिष्टहरुले अब चुनाव जितेरै पचास वर्ष शासन गर्ने वताएका छन् । कांग्रेसले लगाएको अधिनायकवादको आरोप तर्फ लक्षित गर्दै कार्कीले उक्त धारणा राखेका हुन् ।

झापा क्षेत्र नम्बर १ का वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका कार्कीले आइतबार बाहुनडाँगीको भृकुटीमा आयोजित चुनावी सभामा भने, ‘कम्युनिष्टको पचास वर्ष शासन चल्ने भयो भनेर यतिवेला कांग्रेस आत्तिएको छ ।’

उनले थपे, ‘कांग्रेका मित्रहरु चिन्ता नगर्नुहोस्, हामीले ५–५ वर्षमा चुनाव जितेरै शासन चलाउने हो ।’

इतिहासमा पटकपटक बहुमत पाएर पनि कांग्रेस कहिल्यै सरकार चलाउन र टिकाउन नसकेको भन्दै उनले भने, ‘त्यसैले मुलुकको काँचुली फेर्न अब स्पष्ट बहुमत सहितको वाम सरकार अपरिहार्य छ ।’

फरक प्रसंगमा कार्कीले अबको नयाँ पुस्ताले कहिल्यै बन्दुक बोक्न नपरोस् भनेर आफूहरुले जनयुद्धमा अन्तिमपटक बन्दुक बोकेको चर्चा पनि गरे । कार्कीले भने, ‘अब नयाँ पुस्ताले बन्दुक बोक्नुपर्दैन । त्यो लडाइँ हामीले पूरा गर्यौं ।’

कार्कीले अबको युग विकास र समृद्धिको युग भएको चर्चा गरे ।

कार्यक्रममा झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेदवार श्रीप्रसाद मैनाली, वरिष्ठ गायक जेबी टुहुरे, शम्भु राई लगायतले वाम गठबन्धन जिताउन अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?