
१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा सोमबार कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने देखिएको छ’, काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
धानुकका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
थापाको चुनावीसभाका क्रममा बम विष्फोट हुँदा उनीसहित अन्य १० जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।
कसले बम विष्फोट गराएको हो भन्ने खुलेको छैन ।
यो पनि पढ्नुस्
काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते
बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4