+
+
Shares

कांग्रेस नेताहरुको एउटै स्वरः जनताले कम्युनिष्ट शासन अस्वीकार गरिसके

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ मंसिर १८ गते १८:१७

१८ मंसिर, बुटवल । नेपाली कांग्रेसका नेताहरुले नेपाली जनताले कम्युनिष्ट शासन अस्विकार गरिसकेको दाबी गरेका छन् ।

चुनाव प्रचारको अन्तिम दिन सोमबार बुटवलमा आयोजित बृहत चुनावी सभामा बोल्दै नेताहरुले कम्युनिष्ट गठबन्धन केहि दिनमै फ्लप हुने दाबी गरे ।

वाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दावी गरे । पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि काँग्रेसको जित अनिवार्य भएको बताए ।

उनले नेपाली काँग्रेसले ४८ सालमा लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म चलिरहेको बताए ।

‘हामीले मुल्य अभिबृद्धि कर, आयकरलाई सुधार लगायत कार्यक्रम ल्याउदा बिरोध गर्ने कम्युनिष्ट पार्टीहरुले आफूहरुले सरकार चलाउँदै त्यसैलाई निरन्तरता दिएका छन् । उनीहरुको एजेण्डा नै छैन’ महतले भने ।

एमालेले सरकार चलाउँदा मुलुकको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि ढुकुटी सकाउने काम गरेको आरोप लगाए । ‘लुटको धन फूपूको श्राद्ध’ भन्दै उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने काम कता हो कता, जथाभावी मुलुकको ढुकुटी सकाउने मात्रै काम गरे ।’

निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक बालकृष्ण खाँणले कांग्रेसलाई सिध्याउन खोज्दा नेपालका राणा र राजा आफैं सिद्धिएको बताउँदै कांग्रेसलाई सिध्याउन खोज्ने शक्ति आफै समाप्त भएर जाने दाबी गरे ।

एमाले र माओवादी मिलेर मुलुकमा कम्युनिष्ट शासन चलाउन खोजेको जिकिर गर्दै उनले ले कम्युनिष्ट शासनलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।

काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउँछ

नेता खाँडले कांग्रेसले जित्दा प्रदेश ५ को राजधानी रुपन्देहीमै बन्ने तर, काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउने दाबी गरे ।

उद्योगी तथा कांग्रेसका समानुपातिकका उम्मेदवार विनोद चौधरीले अवको राजनीति आर्थिक क्रान्तिको राजनीति भएकाले आर्थिक क्रान्तिको राजनीतिको नेतृत्व नेपाली कांग्रेससँग मात्रै सम्भव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?