Comments Add Comment

कांग्रेस बिग्रिएको घडीजस्तै भएको सुवास नेम्वाङको टिप्पणी

१८ मंसिर, इलाम । पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले नेपाली कांग्रेसको सरकार विग्रिएको घडी जस्तो भएकाले कांग्रेसको भर नपर्न आग्रह गरेका छन् ।

इलामको क्षेत्र नम्बर २ को चुनावी अभियान मैजारो गर्दै एमाले नेता नेम्वाङले कांग्रेस ठीक समय नदिने घडी जस्तै भएकाले मतदाताले पनि उसलाई भोट नदिने बताए । उनले जनताको भावना र आवश्यकतामा चल्न नसक्नेलाई अब जनताले नरुचाउने पनि बताए ।

बाम गठबन्धनलाई अधियायकवादी भनेर आरोप लगाइरहेको सरकार आफैंले अभियानवादी शैलीमा निर्वाचन आचारसंहिता उलंघन गरिरहेको आरोप नेम्वाङको छ ।

गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सरकार बनाउने बताउँदै उनले भने- अब सरकार फाल्ने र जोगाउने खेल होइन, मुलुकको समृद्धितर्फ बाम गठबन्धनको ध्यान जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment