Comments Add Comment

महोत्तरीमा माओवादी र मधेसवादी कार्यकर्ताबीच झडप

२० मंसिर, बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका ५ मा माओवादी केन्द्रका कार्यकर्ता र मधेसी गठबन्धनका कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा माओवादीका एक कार्यकर्ता घाइते भएका छन् ।

मौन अवधीमा चलिरहँदा गौशाला नगरपालिका ५ स्थित त्रिभुवन उच्च माबिको प्रवेश गेट अगाडि दुई पक्षबीच झडप भएको स्थानीयले बताएका छन् ।

अहिले दुई दलका प्रतिनिधिबीच इलाका प्रहरी कार्यालय गौशालामा छलफल भैरहेको छ ।

महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको लागि माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, मधेसी गठबन्धनबाट लक्ष्मी महतो र नेपाली कांग्रेसबाट सिताराम भण्डारी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment