Comments Add Comment

‘कता नेपाली ?’ छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

६ डिसेम्बर, वाशिंगटन डि.सी । गैरसरकारी संस्था कोड फर नेपालले ३० हजार पुरस्कार राशीसहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक “कता नेपाली ?” राखिएको छ ।

यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ‘नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन् ?’  भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरुबाट सहभागिताको आशा गरेको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ को समयाबधिभित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ ।

प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ।

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ l

रोशन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” ।

घिमिरे भन्छन “हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भावलार्इ महत्व दिनेछौ ।

“ नेपालको जनसंख्या पहिलो पल्ट ठूलो पुस्तान्तर बाट गुज्रिरहेको छ। सचेत युवा वर्गकोको संख्या ठुलो छ, जो आफ्नो धेरै समय सामाजिक संजाल र इन्टरनेटमा  बिताउछन्। यो प्रतियोगिताले  नेपालको उज्ज्वल भबिष्य र नेपालमा  सम्भावना देख्ने सबै सचेत नेपालीलार्इ एक ठाउँमा ल्याउने छ ।” घिमिरे भन्छन

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई २० हजार प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुनेलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

घिमिरे भन्छन् “अहिलेको सुचना प्रबिधिको युगमा, सामाजिक संजालमा हुने सार्थक संबादले नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहु सास्कृतिक देशको समाज बलियो बनाउन अहम भूमिका खेल्छ । हामीले आयोजना गरेको ‘कता नेपाली?’ ले यो बहसलार्इ अझ बलियो बनाउने छ।”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैरसरकारी संस्था हो ।

थप जानकारीका [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment