Comments Add Comment

लगानी बन्देजको कारण नेप्सेमा रहेको सेयर बेच्नुपर्ने राष्ट्र बैंकको बाध्यता


२० मंसिर, काठमाडौं । राष्ट्र बैंकले फेरी पनि नेप्सेलाई आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पत्राचार गरेको छ ।  ‘यो पहिलो पटक मात्र होइन पत्राचार गरेको, यसअघि पनि गरेका थियौं, वासतवमा हामीले नेप्सेमा लगानी गर्नै पाउदैनौं,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले भने ।

राष्ट्र बैंक ऐन अनुसार प्रत्यक्ष काम कारवाहीमा सहयोग पुग्ने संस्थामा मात्र उसले लगानी गर्न पाउने व्यवस्था छ । तर नेपाल स्टक एक्सचेन्ज यस्तो संस्था नभएकोले पनि राष्ट्र बैंकले पटक पटक सेयर बिक्रीको प्रयास गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले क्लियरिङ कम्पनी, कर्जा सुचना केन्द्र लगायतमा गरेको लगानी प्रावधान अनुसार नै भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । तर, नेप्से न त राष्ट्र बैंकको काम कारवाहीमा प्रत्यक्ष सहयोग पुग्ने संस्था हो भने यसमा तोकिएको सीमाभन्दा समेत बैंकको लगानी परेको छ ।
ऐन अनुसार राष्ट बैंकले सहयोग पुग्ने संस्थामा पनि अधिकत्तम १० प्रतिशत मात्र लगानी गर्न सक्ने प्रावधान छ । तर, नेप्सेमा राष्ट्र बैंकको मात्रै ३४.६० प्रतिशत बराबरको सेयर रहेको छ ।

राष्ट्र बैंक आफैले आफ्नो सेयर बिक्री गर्न लगानीकर्ता जुटाउन समस्या हुने भएकोले पनि नेप्सेलाई यसमा सहजीकरण गर्न पत्राचार गरेको बुझिएको छ । त्यसो त नेप्सेमा राष्ट्र बैंकबाट दुई जनाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । यही कारण पनि सहजीकरण सम्बन्धि पत्राचार गरिएको हो ।

नेप्से निजीकरणको लागि नै भन्दा पनि राष्ट्र बैंकले सेयर बिक्री गर्नैपर्ने बाध्यताले पत्राचार भएको बुझिएको छ । नेप्सेलाई यही समयमा निजीकरण गर्न बाटो खुल्ने भने मानिएको छ ।

यद्यपी अर्थमन्त्रालयले पनि यो क्रममा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाटो खुला गर्न सक्छ । यो सरकारको चहानामा नै भर पर्ने कुरा भएको नेप्सेका अधिकारीहरु बताउछन् । सरकारको नेप्सेमा ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ ।

 याे पनि हेराैं ः व्यूतियो नेप्से निजीकरणको मुद्दा, तर पार लाग्न कठिन

राष्ट्र बैंकले नेप्सेमा राखेको स्वामित्व बिक्री गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment