Comments Add Comment

आफैलाई भोट हाल्न नपाएका शंकर पोखरेलले भने- चुनावले शान्ति र स्थिरता दिन्छ

'प्रदेश ५ को राजधानीका लागि दाङ सबै हिसाबले उपयुक्त'

२१ मंसिर, विजौरी । नेकपा एमालेका नेता एवम् पाँच नम्बर प्रदेशको प्रस्तावित मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनबाट शान्ति र स्थीरता आउने विश्वास व्यक्त गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्तर्गत जनता विद्यापिठ बिजौरीमा मतदान गरेपछि पोखरेलले चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र राजनीतिक स्थीरता पनि आउने बताएका हुन् ।

उनले संविधान कार्यान्वयनको खुटि्कलोको रुपमा यो निर्वाचन रहेकाले सबैलाई मतदानमा सहभागी हुन आग्रह पनि गरे । उनले सबै हिसाबले पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त हुने पनि बताए ।

प्रदेश नम्बर पाँचको भावी मुख्य मन्त्रीको रुपमा हेरिएका एमालेका शंकर पोखरेलले पनि आफूले आफैलाई भोट हाल्न पाएनन् । पोखरेल दाङ क्षेत्रनम्बर २ को (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । तर उनको नाम मतदाता नामावलीमा दाङ क्षेत्रनम्बर २ को (ख)मा छ ।

शंकर पोखरेलले दाङ २ को (क) रोजेपछि २ को (ख)मा अमरबहादुर डाँगीलाई वाम गठबन्धनले उम्मेदवार बनाएको छ । जबकी उनी दाङ क्षेत्रनम्बर २ (क) को उम्मेदवार हुन् । क्षेत्र परिवर्तन भएकाले डाँगीले पनि आफूले आफैलाई भोट हाल्न पाउँदैनन् ।

एमाले नेता पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेले पनि आफूले आफैलाई भोट हाल्न पाउँदैनन् । उनको नाम दाङ क्षेत्रनम्बर १ भए पनि उनलाई कांग्रेसले दाङ २ (क)को उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment