Comments Add Comment

मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

२१ मंसिर, इलाम । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् ।

इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’

सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ७ बजे मतदान गरेपछि नेम्बाङले अब मुलुक समृद्धिको बाटोमा लाग्ने पनि बताए । नेम्बाङले निर्वाचनको क्रममा सरकारले शान्ति सुरक्षाको चित्तबुझ्दो प्रबन्ध गर्न नसकेको पनि गुनासो गरे ।

उनले भने, ‘अहिलेसम्म कसले बम पड्काइरहेको छ भन्ने कुरासमेत सार्वजनिक गर्न सकेको छैन, यो सरकारको कमजोरी हो ।‘

यो सफलतामा मिडियाहरुको पनि ठूलो भूमिका रहेको भन्दै सञ्चारकर्मीहरुलाई पनि धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment