Comments Add Comment

जितुको घरबाट २३ भोट खस्यो


प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि कला क्षेत्रमा लागेकाहरु उत्साहका साथ मतदानमा सहभागी भएका छन् । कतिले मत दिइसके त कोही अन्तिम समयमा भोट हाल्ने तयारीमा छन् । हामीले यहाँ कुन कलाकारले कहाँबाट मतदान गर्दैछन् भनेर उल्लेख गरेका छौः

लाइन बसेकी छैनन् केकी
काठमाडौं क्षेत्र नम्बर ३ की मतदाता केकी अधिकारी दिउँसो ३ बजे मतदान गर्न जाने योजनामा छिन् । हरेक निर्वाचनमा उनी ३ बजेपछि मात्रै सहभागी हुन्छिन् । उनको भनाई अनुसार टाढाबाट आउनेहरुले तीन बजेसम्म मत दिइसकेका हुन्छन् त्यसकारण भिड हुँदैन ।

गोकणेश्वर मतदान केन्द्रवाट मतदान गर्ने योजनामा रहेकी केकीले अहिलेसम्म लाइनबस्न परेको छैन । ‘म पुग्दा खाली हुन्छ । त्यस्तो चर्को लाइन अहिलेसम्म बस्न परेको छैन ।’ उनले भनिन् ।

आमासँगै जान्छिन् रेखा
काठमाडौ क्षेत्र नम्बर ४ कि वासिन्दा रेखा थापा ११ बजेसम्म मतदानस्थलमा पुग्ने योजनामा छिन् । आमा सरस्वती थापासँगै भोट दिन जाने योजनामा रहेकी रेखाले मित्रपार्क स्थित पशुपति क्याम्पसवाट मतदान गर्नेछिन् । ‘दाईहरु विराटनगरबाटै मतदान गर्नुहुन्छ, म काठमाण्डौबाट नै मतदान गर्छु, रेखाले भनिन् ।

८४ वर्षिय बासँगै मतदान
नवलपरासीको बर्दघाटका स्थायी वासिन्दा आकाश अधिकारीले ८४ बर्षका बुबासँगै मतदान गरिसकेको बताएका छन् । बर्दघाटको बुद्धवस्तीका अधिकारी मतदानका लागि पबित्र वस्ती पुगेका थिए । ‘मेरो घरवाट मतदानस्थल पुग्न एक किलोमिटर हिड्नु पर्‍यो । मेरो बुबा हिँडेरै मतदानस्थलमा पुग्नु भयो ।’ निर्माता संघका अध्यक्ष समेत रहेका आकाशले भने ।

घरका सबैलाई पठाएपछि मात्रै जान्छन् दीपकराज गीरी
हाँस्यकलाकार दीपकराज गिरी दहचोकवाट मतदान गर्दैछन् । उनको घरमा सल्लाहा गरेर बुथमा पुग्ने चलन छैन । सबै जना आ-आफ्नै समय अनुसार जान्छन् । आफू भने दिउँसो मात्र मतदानस्थलमा पुग्ने योजनामा रहेको गिरी बताउँछन् । ‘घरका सबैलाई पठाएपछि म अन्तिममा जान्छु ।’ गिरीले भने ।

जितुको परिवारबाट २३ भोट
काठमाडौ २ का मतदाता जीतु नेपालले कोटेश्वरको नरेफाँटमा कोटदेबी स्कुलवाट मतदान गरे । सबै नातेदारको घर एकै ठाउँमा भएकाले सबै जना एकै पटक मतदान स्थल पुगेका थिए । नेपाल परिवारबाट २३ भोट खसालेको जितुको भनाई थियो । उनको ठुल्दाईको घर कोटदेवी स्कुल नजिकै भएकाले भोट हालेपछिको खानपीन ठूल्दाईकै घरमा गरे । ‘भोट हालेपछि आजको खानपीन ठूल्दाईकै घरमा भयो ।’ जितुले भने ।

सत्यस्वरुपलाई साँझ मन पर्छ
ललितपुर क्षेत्र न ३ का मतदाता गायक दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्य वडा नम्बर १४ तीखेदेबलबाट मतदान गर्दैछन् । सत्यराजकी श्रीमतिको मतदान क्षेत्र जाउलाखेलमा पर्छ भने सत्य, स्वरुप आमासंगै बेलुका पख मतदान स्थल पुग्छन् । ‘बेलुकीपख भिड हुँँन्न त्यही कारण हामी ढिला जान्छौं ।’ सत्यराजले भने ।

यस्तै, नायक आर्यन सिग्देलले थानकोटबाट मतदान गर्दैछन् । उनी, मतदान गर्नका लागि आफ्नो घर पुगेका छन् । नायिका बर्षा राउतले कोटेश्वरबाट मतदान गर्न लागेको बताइन् । उनले, देश विकासका लागि अब आफूहरुले नै सच्चा उम्मेदवार छान्न आवश्यक रहेको बताइन् । नायक राजेश हमालले काठमाण्डौको लैनचौरबाट मतदान गर्दैछन् । आ-आफ्नो निर्वाचन क्षेत्रबाट कलाकारहरुले उत्साहपूर्वक मतदानमा सहभागी हुन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment