Comments Add Comment

धादिङमा वाम गठबन्धन अगाडि

२२ मंसिर, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ । शुक्रवार बिहानसम्मको प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार ८८७ मत पाएका छन् ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा वाम गठबन्धनका राजेन्द्र प्रसाद पाण्डेले ११ हजार ६८५ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका कांग्रेसका मधुकुमार श्रेष्ठले ५ हजार २८० मत ल्याएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नं. १ (ख)मा वाम गठबन्धनका शालिकराम जमरकट्टेलले १० हजार ३६६ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रभातकिरण सुवेदीले ४ हजार ५७१ मत ल्याएका छन् ।

त्यस्तै प्रतिनिधिसभा तर्फ क्षेत्र नं. २ मा वाम गठबन्धनका खेम लोहनीले १० हजार ८३३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दिलमान पाख्रिनले ९८८४ मत ल्याएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा वाम गठबन्धनका डा. रामकुमार अधिकारी ८ हजार १९१ र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश धमलाले ७ हजार ९९९ मत पाएका छन् ।

यसैगरी क्षेत्र नं २ (ख)मा वाम गठबन्धनका जगत सिंखडाले ७ हजार ४२९ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङले ७ हजार ६७१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment