२२ मंसिर, काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् ।
विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् ।
यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् ।
शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।
प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।
योसंगै पूर्वी र पश्चिम दुवै रूकुममा माअोवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4