+
+
Shares

डा. बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते ९:१७

२३ मंसिर, गोरखा । गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम गरेका हुन् ।

उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् ।

अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ । गोरखा २ मा अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?