Comments Add Comment

भोजपुर ‘क’ मा राजेन्द्रकुमार राई विजयी

२३ मंसिर, भोजपुर । भोजपुर प्रदेश सभा ‘क’ मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राई विजयी भएका छन् ।

राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । पहिलो पटक चुनाव लडेका उनको यो जितसँगै संसदीय यात्रा शुरु भएको छ ।

राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गरे ।

दुई पटक अखिल अध्यक्ष भएर जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाँझ लोकप्रिय राईले ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment