+
+
Shares

एनआरएनएको प्रमुख संरक्षकमा डा. महतो, सल्लाहकार र सदस्य पनि मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १६:५८

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ ।

संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष देवमान हिराचन र पूर्व उपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ ।

सामान्यतयाः निवर्तमान अध्यक्षलाई प्रमुख संरक्षक मनोनयन गर्ने परम्परा रहेपनि नवनिर्वाचित अध्यक्ष भवन भट्टले आफूलाई निर्वाचित गराउन मुख्य भूमिकाखेलेका पूर्व अध्यक्ष महतोलाई सो पदमा ल्याएका छन् ।

बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै मानार्थ परिषद् समिति नामको नयाँ समिति समेत गठन गरेको छ ।

संघको सल्लाहकारमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य,शेरबहादुर केसी, दिपकराज जोशी र डा.महाविर पुनलाई चयन गरेको छ । डा. पाठक हालैमात्र बाग्लुङबाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

यसैगरी मानार्थ परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दीपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ‌ओसिनियाबाट छानिएका छन भने मध्यपूर्वबाट डा। देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिएका छन ।

यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा. विष्णुमाया परियार छानिएका छन् भने युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल,गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी छानिएका छन् ।

यसैगरि एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।

संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई,युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव ९ओम० गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?