Comments Add Comment

काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर विजयी

राप्रपा दोस्रो, विवेकशील साझा तेस्रो

२३ मंसिर, काठमाडौं । स्थानीय चुनावमा एमालेसँग तालमेल गर्दा महानगरमा जित्न नसकेको राप्रपाले यसपालि काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेससँग चुनावी तालमेल गरेको थियो । तर, सो क्षेत्रमा एमालेका रामवीर मानान्धरले जितेका छन् भने गाई चिन्हमा लडेका राप्रपाका विक्रम थापा पराजित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमाले नेता मानन्धर दोस्रो पटक बिजयी भएका हुन् । शनिवार सम्पन्न मतगणना अनुसार एमालेका मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

मानन्धर १८ हजार १०२ मतले बिजयी भएका छन् भने थापाले १० हजार ७९ मतमात्रै पाएका छन् । यस क्षेत्रमा विवेकशील साझा पार्टीकीका अनुपा श्रेष्ठ ५३७६ मत प्राप्त गरी तेस्रो स्थानमा पाएकी छन् ।

एमाले नेता मानन्धरले यसअघि ०७० मा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई पराजित गरेका थिए ।

यसपटक थापालाई कांग्रेसले समर्थन गरेको थियो भने मानन्धरलाई माओवादीले साथ दिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा दुई पटक वडाध्यक्ष निर्वाचित भएका मानन्धरले काठमाडौं ७ बाट यो दोस्रो पटक जित निकालेका हुन् ।

जितपछि अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै मानन्धरले वाम गठबन्धनमार्फत जनताले दिएको विश्वासलाई अब समृद्धितर्फ लगाउने बताए । उनले आफ्नो रगत र पसिना अब यसक्षेत्रको विकासमा लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment