२३ मंसिर, घोराही । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् ।
माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका हुन् ।
महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाएका छन् ।
दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।
चुनाव जितेलगत्तै पत्रकारहरुलाई प्रतिकृया दिँदै महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने र सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4