Comments Add Comment

रामेश्वर फुयालको संयोगः पहिले बाबुलाई हराए अहिले छोरालाई

काठमाडौं ३ को प्रदेशसभा ख बाट ६७ मतको झिनो अन्तरमा फुयाल बिजयी

२३ मंसिर,काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए ।

रोचक संयोग नै मान्नुपर्छ फुयालले ०६४ पछि तीनै चुनावमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एकै परिवारका सदस्यसँग बिजय र पराजय दुवैको अनुभव प्राप्त गरे । ०६४ मा फुयाल कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए भने ०७० मा फुयालले उनै ठकुरीलाई पराजित गरे ।

०७२ को महाभूकम्पमा परि ठकुरीको निधन भएपछि राजनीतिमा आएका उनका छोरा बिमललाई फुयालले नै यसपटक पराजित गरेका हुन् । काठमाडौं ३ को प्रदेशसभा कमा कांग्रेसका छिरिङ दोर्जे लामा बिजयी भएका छन् । उनले माओवादीका रुद्र बराईलीलाई पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment