
२४ मंसिर, झापा । झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विश्वप्रकाश शर्माले हार स्वीकार गरेको छन् ।
उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
‘मैले आफ्नै बगैंचामा फूलेको फूलको टिपेर माला उनेर उहाँलाई लगाएदिएको हुँ’, विश्वप्रकाशले भने, ‘प्रतिष्पर्धामा जीत र हार स्वभाविक छ ।’
उता, झापा १ मा जित नजिक पुगेका राम कार्कीले भने आफूले विश्वप्रकाशलाई एउटा किताब उपहार दिने योजना बनाएको बताए ।
‘समाजवादको विषयसँग सम्बन्धित एउटा पुस्तक छ, मैले विश्व भाईलाई दिने योजना बनाएको छु’, उनले भने, ‘तर, दिन पाएको छुइन । एक दुई दिनभित्रमा दिन्छु ।’
झापा १ काे मतगणना भने सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।
याे पनि पढ्नुस्