Comments Add Comment

नवलपुर-२ मा तिलक महतको जितसँगै वाम गठबन्धनको शतक पूरा

तिलक महत

२५ मंसिर,काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट जितेर आइतवार मध्यरातमा शतक पूरा गरेको छ ।

नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो ।

वामपन्थी गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ ।
त्यस्तै मधेशवादी गठबन्धनको ११ सिट पुगेको छ ।

वामपन्थी गठबन्धनले जितेको १०० सिटमध्ये एमाले एक्लैले ७० सिट जितिसकेको छ । एमालेको सूर्य चिन्हबाट जितेका हृृदेशयेश त्रिपाठी र बृजेश गुप्ताको समेत सिट जोड्दा एमालेको ७२ पुगेको छ ।

माओवादी केन्द्रले २७ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

एमालेले ७० सिट जित्दा ६ स्थानमा अग्रता कायम गरेको छ । माओवादीले ९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले १५ सिट जितेर ६ स्थानमा अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment