Comments Add Comment

अण्डकोषको क्यान्सरः यी हुन् आठ लक्षण

क्यान्सर शरीरका विभिन्न अंगहरुमा हुन सक्छ । त्यसमध्ये अण्डकोषको क्यान्सरका बारेमा कमै सुनिन्छ ।

अण्डकोषको क्यान्सर पुरुषमा हुने एक प्राणघातक रोग हो । त्यसैले हरेक पुरुषले यस रोगको विषयमा राम्रो जानकारी राख्नुपर्छ । पुरुषमा हुने सबै प्रकारका क्यान्सरमध्ये १ दशमलव २ प्रतिशत मात्रै अण्डकोषको क्यान्सर हुन्छ ।

अलिकति ध्यान दिने हो भने सहजै यो रोगको निदान गर्नै सकिन्छ र सुरुवाती अवस्थामा उपचार गरे बिसेक हुन सक्छ । अण्डकोषमा गाँठो हुनु वा अण्डकोष ठूलो हुनु यसको प्रारम्भिक लक्षण हो । यस्तो अवस्थामा तुरुन्तै डाक्टरलाई भेट्नुपर्छ ।

यहाँ हामी अण्डकोषको क्यान्सरका विभिन्न लक्षणहरुबारे चर्चा गर्दैछौ ।

१. पिठ्यू र पेटको दुखाई

पिठ्यू र पेटको दुखाई अण्डकोषको क्यान्सरको पहिलो लक्षण हो । अध्ययनबाट पत्ता लागेको छ कि ‘लिम्प नोड’ बढ्नाले कलेजोसम्म क्यान्सर पुग्छ र कलोजोमा दुखाई हुन थाल्छ ।

२. अण्डकोषमा नदुख्ने गाँठो

अन्डकोषमा नदुख्ने गाँठो पैदा हुनु पनि क्यान्सरको सुरुवाती लक्षण हो । सुरुमा यो गाँठो एउटा मटरको दाना बराबर हुन्छ । तर बिस्तारै ठूलो हुँदै जान्छ ।

३. अण्डकोषको थैली ठूलो हुनु

अण्डकोषको थैलीमा भारीपन महसुस हुनु पनि क्यान्सरको प्रारम्भिक लक्षण मानिन्छ । त्यसैले थैली बढ्दा वा यसमा दुखाई हुँदा वेवास्ता नगरिकन तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

४. अण्डकोषको थैलीमा तरल पदार्थ जम्नु

अण्डकोषको थैलीमा तरल पदार्थ हुनु सामान्य कुरा हो । तर, यो यदि एक हप्ताभन्दा बढि समयसम्म रह्यो भने सावधान हुनुपर्छ । अध्ययनबाट पत्ता लागेको छ कि यस्तो अवस्थामा क्यान्सर भएको हुन सक्छ ।

५. निप्पल नरम हुनु

पुरुषको निप्पल अचानक नरम र मुलायम भयो भने अण्डकोषको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । अण्डकोषमा ट्यूमर हुँदा एक प्रोटीन उत्पन्न हुन्छ जसले पुरुषको निप्पललाई प्रभावित गर्छ । यस्तो अवस्थामा सावधान हुनुपर्छ ।

६. अण्डकोषको आकारमा परिवर्तन

अण्डकोषको आकारमा परिवर्तन आउनु पनि क्यान्सरको प्रारम्भिक लक्षण हो । यसका अलावा अण्डकोष सुन्निएको अवस्थामा पनि तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ ।

७. रगतको ढिक्का जम्नु

रगतको ढिक्का नशामा जम्दा सास लिन कठिनाई उत्पन्न हुनुका साथै खुट्टा सुन्निन थाल्छ । यो अण्डकोषको क्यान्सरको प्रारम्भिक लक्षण हो । नशामा रगत जम्नुलाई डीवीटी वा डीप भेनर थ्रोम्बोसिस भनिन्छ ।

८. इन्फेक्सन

खण्डकोषमा हुने इन्फेक्सनर्लाइ ओर्चिटिस भनिन्छ । अण्डकोषमा इन्फेक्सन हुनासाथ तुरुन्त जँचाउनुपर्छ । यो क्यान्सरको सुरुवाति लक्षण पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment