Comments Add Comment

नेलपोलिस लगाउनुअघि जानौं यसको असर

महिलाको समग्र सौन्दर्यमा नङको पनि खास भूमिका हुन्छ । सलक्क, सफा, चम्किलो र मिलेको नङ हातको शोभा हो । यस्तो नङको बान्की मिलाउन मेनीक्यौर गर्ने चलन छ । साथै, नेल पोलिस पनि ।

नङलाई विभिन्न लुक्समा सजाउन सकिन्छ । यसका लागि नेलपोलिस चाहिन्छ । नेलपोलिसको माध्यामबाट नङलाई थप आकर्षक बनाउन सकिन्छ । त्यसैले अहिले महिलाको कस्मेटिक्समा नेलपोलिस छुट्दैन । जता हिँड्दापनि उनीहरु नेलपोलिस बोकेकै हुन्छन् ।

नेलपोलिसले हातको सौन्दर्य त बढाउँछ, तर स्वास्थ्यमा समस्या ल्याउने खतरा पनि उत्तिनै छ । अर्थात नेलपोलिसको केमिकलले स्वास्थ्यमा हानी पुर्‍याउँछ ।

केमिकलयुक्त नेल पोलिस

भनिन्छ, ब्राण्डेड नेलपोलिसले शरीरमा खासै नकारात्मक असर पार्दैन । जबकी धेरैजसो नेल पोलिसलमा शरीरलाई हानी पुर्‍याउन रसायन हुन्छ । यस्ता केमिकल्सकै कारण शरीरमा हर्मोनल गडबडी हुनसक्छ । यस्ता कमिकल्स शरीरबाट सजिलै बाहिर निस्कदैन । बरु यस्ता रसायन नङमा पोलिस लगाएको १० घण्टासम्म पनि रगतमा रहन्छ ।

हर्मोनमा असर गर्छ

प्रायः नेल पोलिसमा टि्रफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थयमा समेत असर पुर्‍याउँछ । विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा टि्रफेनाइल फोस्फेटल रहने भएकोले यसले शरीरलाई धेरै नोक्सान पुर्‍याउने गर्छ ।

मस्तिष्कमा असर

टि्रफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्‍याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ ।

छाला सम्बन्धि एलर्जी

नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैको लागि हानीकारक हुनसक्छ । यसले छालामा एलर्जी तथा घाउ समेत हुनसक्छ ।

क्यान्सर

नेल पोलिसमा फोर्माल्डिहाई नामक केमिकल्स रहेको हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने हुँदा यो शरीरका लागि निकै हानीकारक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment