Comments Add Comment

टर्‍यो ‘कान्छी’ र ‘कृ’ को भिडन्तको खतरा


माघ २६ गते दुई ठूला चलचित्रविच भिडन्त हुने चर्चाले नेपाली चलचित्र बजार तातेको थियो । तर, अब यो भिडन्त टरेको छ । नायिका स्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’ले आफ्नो प्रदर्शन मिति एक साता पछि सारेको छ । अब, स्वेता अभिनित चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुने भएको छ ।

अब, माघ २६ गते नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ सोलो रिलिज हुने भएको छ । यो मितिमा हिन्दी चलचित्र ‘पद्यमावती’ रिलिज हुने चर्चा भएपनि मिति तय भैसकेको छैन । नायिका स्वेता खड्काले मिडियासँग भनिन्-‘मलाई जुध्न मन लागेन । मैले ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिश गर्दा पनि कुनै निर्णय नभएपछि म आफै सरेकी हुँ ।’

आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘कृ’को भने यसैसाता ट्रेलर रिलिज गरेर प्रचारको सुरुवात गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment