Comments Add Comment

प्रेम सुवालले थामे विजुक्छेको विरासत


२५ मंसिर, भक्तपुर । लगातार चुनाव जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे योपटक उम्मेदवार नहुनु धेरैका लागि ‘सरप्राइज’ रह्यो । उनको उत्तराधिकारीका रुपमा भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार बने ।

यो क्षेत्र नेमकिपाको गढ नै हो । त्यसैले सुवाल पनि सेफ जाेनमा नै थिए ।

तर, देशभर वामपन्थी गठनबन्धन बनेकाले सुवालले विजुक्छेको विरासत धान्न सक्छन् कि सक्दैनन् प्रश्न पनि थियो । वाम र लोकतान्त्रिक गठबन्धले पनि विजुक्छेको गढमा धावा बोल्ने मौकाका रुपमा यसलाई प्रयोग गर्न नखोजेका होइनन् ।

तर, सुवाल पार्टी अध्यक्ष विजुक्छेको विरासत जोगाउन सफल भएका छन् । उनी १५ हजार बढी मतान्तरले विजयी भएका छन् ।

सुवालले ३३ हजार ०७६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवगार माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत पाएका छन् ।

भक्तपुर क्षेत्र नं १ मा जम्मा खसेको मतमा १ हजार ७ सय ३ मत बदर भएको छ ।

यस्तै क्षेत्र नं १ को प्रदेश ‘क’ मा बाम गठबन्धनका हरिशरण लामिछाने र ‘ख’ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले विजयी भएका छन् । लामिछानेले आफना प्रतिद्धन्द्धी कांग्रेसका जीवन खत्रीलाई पराजित गरेका छन् ।

लामिछानेले १२ हजार ७ सय ८९ मत पाए भनेर खत्रीले ९ हजार ९ सय ७७ मतमा चित्त बुझाएका छन् ।

यस्तै प्रदेश ‘ख’ मा गोसाईले २३ हजार ८ सय ८५ मत ल्याएर जीत हासिल गरेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

भक्तपुर क्षेत्र नं २ मा बामगठबन्धनका महेश बस्नेतले प्रतिनिधि तथा शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment