+
+
Shares

काठमाडौं ४ मा सुबुना बस्नेतकै जमानत जफत

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २७ गते १४:१८

२७ मंसिर, काठमाडौं । काठमाडौंको १० वटै सिटमा उम्मेदवार दिएको विवेकशील साझा पार्टीले समग्रमा सम्मानजनक मत पायो । क्षेत्र नं. १ बाट उठेका पार्टीका संयोजक रविन्द्र मिश्र कांग्रेस नेता प्रकाशमान सिंहसँग ८१९ मतअन्तरले पराजित भए ।

अर्का संयोजक उज्वल थापाले काठमाडौं ५ मा ६ हजार ८ सय १३ मत ल्याए । तर, विवकेशीलका केही उम्मेदवारले पनि जमानत समेत जोगाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ३, ४ र १० मा विवेकशील साझा पार्टीका उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।

क्षेत्र नं. ३ की सुवित्रा सिंह लामा, ४ की सुबुना बस्नेत र १० का प्रदिप ढकालले जमानत जोगाउन नसकेका हुन् ।

काठमाडौं ३ मा ३७ हजार ५१२ मत सदर हुँदा विवेकशील साझाका उम्मेदवार सिंहेले २ हजार २०५ मत पाइन् भने क्षेत्र नम्बर ४ मा ४३ हजार ५३५ मत सदर हुँदा बस्नेतले ३ हजार ४० पाइन् ।

यस्तै क्षेत्र नं. १० मा ५३ हजार ३४१ मत सदर हुँदा ढकालले २ हजार ३ मत मात्रै ल्याए । कुल सदर मतको १० प्रतिशत भन्दा कम मत पाउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?