+
+
Shares

बसन्तको ‘जाली रुमाल’मा मरिष्का र निराजनको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १२:१६


संगीतकार बसन्त सापकोटा गायक पनि बन्ने दौडमा छन् । उनले, केहि नेपाली चलचित्रको गीतमा आवाज दिइसकेका छन् । पछिल्लो समयमा संगीतकारहरु पनि गायक बनिरहेको समयमा बसन्त पनि आफ्नै आवाजमा गीत तयार पार्न तल्लिन छन् ।

बसन्तकै शब्द, संगीत र स्वर रहेको ‘जाली रुमाल’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । संगीतकार सापकोटाले आफूलाई दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताए । यो गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र मरिष्का पोख्रेलको मोडलिङ छ ।

भिडियोमा अर्जुन तिवारीको निर्देशन, सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । गीतका शब्दहरु दर्शकको मुखमा झुण्डने खालका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?