Comments Add Comment

प्रदेश ५ को राजधानी बुटवल बनाउन कांग्रेसको माग


२ पुस, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ को राजधानी बुटवललाई बनाउन माग गरेको छ ।

राजधानी बुटवल कि दाङ भन्ने बहस भइरहेका बेला कांग्रेसका नेताहरुले भने बुटवल उपयुक्त रहेको बताएका हुन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही दुइबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा काग्रेसबाट उम्मेदवार बनेका तीनै जनाले बुटवल सबै हिसावले उपयुक्त भएकाले राजधानी तोक्नुपर्ने धारणा राखे ।

कांग्रेस नेता युवराज गिरीले प्रदेश ५ का वहुसंख्यक जनताको चाहना र सबै पूर्वाधार पनि भएकाले बुटवलको बिकल्प नै नभएको तर्क गरे । नेता महेशमान सिंहले बुटवललाई प्रदेश राजधानी बनाउन आफूले केन्द्रैसम्म लविङ गरिरहेको बताए ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, बुटवल नगर सभापति खेलराज पाण्डे, तिलोत्तमा नगरका सभापति हरिलाल पाण्डेय, सैनामैनाका सभापति रामप्रसाद अधिकारी र देवदहका सभापति गुणाखर भुर्तेलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बुटवललाई नै राजधानी तोक्न माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment